नमस्कार! हाम्रो वेभसाईट भिजिट गर्नु भएकोमा धन्यवाद!
रास्वपाको समानुपातिक उम्मेदवार सूचीमा ७ जना चिकित्सक
काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि सार्वजनिक गरेको समानुपातिक तर्फको उम्मेदवार सूचीमा स्वास्थ्य क्षेत्रका ७ जना मेडिकल डाक्टरलाई समेटेको छ। लामो समयदेखि स्वास्थ्य सेवामा क्रियाशील विशेषज्ञहरूलाई राजनीतिको माध्यमबाट नीति निर्माण तहमा पुर्याउने लक्ष्यका साथ पार्टीले चिकित्सकहरूलाई प्राथमिकता दिएको जनाएको छ। सार्वजनिक सूचीअनुसार डा. मनोहर प्रधान, डा. रञ्जित पञ्जियार, डा. रूपक विश्वकर्मा घिमिरे, डा. त्रिशला गुरुङ, डा. रामजी राम, डा. अभिषेक राज सिंह र डा. विक्की कुमार पटेल समानुपातिक उम्मेदवारका रूपमा समावेश भएका छन्। यी सबै चिकित्सक आ–आफ्नो क्षेत्रमा सक्रिय र अनुभवी स्वास्थ्यकर्मीका रूपमा परिचित छन्। स्वास्थ्य, शिक्षा र सुशासनलाई पार्टीको प्रमुख एजेन्डा बनाउँदै आएको सन्दर्भमा चिकित्सकहरूको सहभागिता महत्वपूर्ण हुने डा. रूपक विश्वकर्मा घिमिरेको भनाइ छ। उनका अनुसार स्वास्थ्य प्रणालीमा विद्यमान संरचनागत कमजोरी, जनशक्ति व्यवस्थापनको चुनौती, सेवामा पहुँच तथा गुणस्तर सुधारका लागि प्रत्यक्ष अनुभव भएका चिकित्सकहरूले प्रभावकारी भूमिका खेल्न सक्नेछन्।
1/1/20261 min read