डलरको भाउ किन बढ्दै छ?
काठमाण्डौ – नेपालमा अमेरिकी डलरको भाउ नयाँ उच्च विन्दुमा पुगेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आजको विदेशी मुद्रा विनिमयदर अनुसार अमेरिकी डलर १ को खरिद मूल्य १४३ रुपैयाँ ७४ पैसा र बिक्री मूल्य १४४ रुपैयाँ ३४ पैसा कायम गरिएको छ। यसअघि हिजो अमेरिकी डलरको खरिददर १४३ रुपैयाँ ५२ पैसा र बिक्रीदर १४४ रुपैयाँ १२ पैसा रहेको थियो। पछिल्ला दिनहरूमा डलरको मूल्य क्रमशः उकालो लाग्दै गएको देखिएको छ। अन्य विदेशी मुद्रातर्फ हेर्दा, युरो १ को खरिददर १६७ रुपैयाँ ८५ पैसा र बिक्रीदर १६८ रुपैयाँ ५५ पैसा तोकिएको छ। यस्तै, बेलायती पाउण्ड स्ट्रलिङ १ को खरिद मूल्य १९३ रुपैयाँ २७ पैसा र बिक्री मूल्य १९४ रुपैयाँ ०८ पैसा निर्धारण गरिएको छ। स्वीस फ्रयाङ्क १ को खरिददर १८० रुपैयाँ २९ पैसा तथा बिक्रीदर १८१ रुपैयाँ ०५ पैसा रहेको छ। भारतीय रुपैयाँ १०० को हकमा भने खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको नेपाल राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकका अनुसार आवश्यक परेमा यी विनिमयदरहरू जुनसुकै समयमा पनि संशोधन गर्न सकिने व्यवस्था रहेको छ।
देशविदेशविश्व
My post content
